खेल

महङ्गो खेलाडीमा मेस्सी–रोनाल्डोबीच टक्कर

महङ्गो खेलाडीमा मेस्सी–रोनाल्डोबीच टक्कर
कात्तिक–१७ । स्पेनिस क्लबका खेलाडीहरु विश्वका बढी कमाई गर्ने फुटबलरको शीर्ष तीन स्थानमा पर्न सफल भएका छन् । बढी कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोबीच टक्कर छ । हप्ताको मात्र हिसाब गर्दा मेस्सी र रोनाल्डोले ३ लाख ६५ हजार पाउण्ड स्ट्रलिङ कमाउँछन् । दुवै खेलाडीले कर कटाएर वर्षको १ करोड ९० लाख पाउण्ड कमाउँछन् । तेस्रो स्थानमा भने रियल मड्रिडसँग ६ वर्षको नयाँ सम्झौता गरेका ग्यारेथ बेल रहेका छन् । बेलले हप्तामा ३ लाख ४६ हजार कमाउँछन् । त्यस्तै एक वर्षमा उनले कर कटाएर १ करोड ८० लाख पाउण्ड कमाइ गर्छन् । चौथो स्थानमा सांघाइ एसआइपिजीका हल्क छन् । उनले हप्ताको ३ लाख १७ हजार पाउण्ड कमाउँछन् । पाँचौ स्थानमा भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पउल पोग्बा रहेका छन् । उनले हप्ताको २ लाख ९० हजार पाउण्ड कमाउँछन् । यस्तै छैटौं स्थानमा रहेका बार्सिलोनाका नेइमारले हप्ताको २ लाख ८९ हजार पाउण्ड कमाउँछन् भने ७ औँ स्थानमा परेका सानडोङ लुनेङका ग्राजियानो पेले तथा म्यानचेस्टर युनाइटेडका वायने रुनीले हप्ताको २ लाख ६० हजार पाउण्ड कमाउँछन् । ८औँ स्थानमा हप्ताको २ लाख ५० हजार पाउण्ड कमाउने म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोविच रहेका छन् । त्यस्तै ९ औँ स्थानमा भने म्यानचेस्टर सिटीका सर्जियो अग्युरो र याया टुरे परेका छन् । उनीहरुले हप्ताको २ लाख ४० हजार पाउण्ड कमाउँछन् ।

Messi Ronaldo

विशेष