ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

देश/नुवाकोट
कात्तिक - १७ । नुवाकोटको देवीघाट–गल्छी सडकखण्डको रातमाटेको महादेवफाँटमा बुधबार दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रातमाटे–१ महादेवफाँटमा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको ना ७ ख १०३५ नं।को ट्रिपरले देविघाटबाट गल्छीतर्फ जाँदै गरेको बा ७९ प ३९६४ नं।को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक फिकुरी–४ का ३६ वर्षीय पण्डितप्रसाद भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालुवा बोकेर गइरहेको ट्रिपर मोटरसाइकललाई ठक्कर दिँदै सडक छेउका नालीमा पल्टिएको थियो।
Road Accident in nepal road accident in nuwakot