मनोरञ्जन

अमिताभ रणबीरको टिप्पणीबाट क्रुद्ध

अमिताभ रणबीरको टिप्पणीबाट क्रुद्ध
मनोरञ्जन/काठमाडाैँ 

कात्तिक–१८ । ऐश्वर्या राय तथा रणबीर कपुर अभिनित चलचित्र ‘ऐ दिल है मुश्किल’ले रिलिज पछि बलिउड ब्लकबस्टरमा राम्रै प्रदर्शन गरिरहेको भएपनि रिलिज समयअघिबाटै यी २ कलाकारको रोमान्सले बच्चन परिवारमा तनाव बढाएको छ । amitabh-aishwarya शुरु देखि नै रोमान्टिक सिनका कारण विवादमा रहेको यो चलचित्रकी अभिनेत्री ऐश्वर्याको परिवार उनले दिएका रोमान्टिक सिनबाट खुसी नभएको बताइएको छ । त्समाथि पछिल्लोपटक रणबीर कपुरले त्यस्ता सिनको विषयमा गरेको टिप्पणीले बच्चन परिवार भड्किएको हो । हालै मात्र एक रेडियोमा दिएको अन्तर्वार्तामा रणबीर कपुरले ऐश्वर्यासँग रोमान्सको सिन दिँदा आफू नर्भस भएको बताएका थिए । रणबीरले ऐश्वर्याको नजिक पुगेर उनको गालामा हात र्पुयाउँदा आफ्ना हात काँपेको तर ऐश्वर्याले सम्हाल्दै अभिनय मात्र गरेको भनेर सम्झाउनु परेको रणबीरले बताएका थिए । यस्तै गरी इन्टिमेन्ट सिनको विषयमा रणबीरले दिएको अभिव्यक्तिले बच्चन परिवारमा तनाव बढेको र ऐश्वर्याका ससुरा अमिताभ बच्चन रणबीरको भनाइबाट क्रुद्ध भएको सञ्जालहरुले बताएका छन् ।
–एजेन्सी

Aishwary Amitabh Bachan

विशेष