मनोरञ्जन स्वास्थ्य

चर्चित कलाकार मुलाको सागलाई हर्टएट्याक !

चर्चित कलाकार मुलाको सागलाई हर्टएट्याक !

कात्तिक १८ । चर्चित हास्यव्यंग्य कलाकार मुलाको साग भनेर चिनिने सुरेन्द्र केसीलाई हर्टएट्याक भएको छ । हिजो साझ एक्कासी हर्टएट्याक भएर उनी गंगालाल हृदयरोग केन्द्रमा उपचार गराईरहेका छन । उनको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले बताएको छ । मह जोडिको प्रस्तुती लालपुर्जामा जग्गा दलालको रुपमा अभिनय गरेदेखि उनी कलाकार भएका हुन् । मह जोडिको अन्य थुप्रै प्रहशन, नाटक र टेलिश्रृंखलामा पनि उनी देखिए ।

जब उनी चर्चित हास्य टेलीश्रृङखला मेरी बास्सैमा प्रवेश गरे । त्यसपछि उनले मुलाको साग थेगो प्रयोग गर्न थाले । सोही थेगो मुलाको साग उनलाई चिनाउने चर्चित थेगो भयो । त्यहाँबाट चर्चामा आएका सुरेन्द्र केसी कलाकारीतामा निरन्तर छन । त्यसपछि उनको थेगो मुलाको साग चर्चित भयो । त्यहाँबाट चर्चामा आएका सुरेन्द्र केसी कलाकारीतामा निरन्तर छन ।

हर्के हवल्दारमा देखिएका गोपी उनको नयाँ स्वरुप हो । तर उनलाई मुलाको सागले चिन्ने धेरै छन । किनकी, उनको नाम धेरैलाई थाहा नभएपनि मुलाको साग भनेर सबैले चिन्छन् ।

Mulako Sag

विशेष