शाहरुख खानको ‘डियर जिंदगी’बाट पाकिस्तानी कलाकारलाई हटाइयाे
कात्तिक — १८ । पाकिस्तानी विवादको असर बलिउडमा पनि देखिएको छ । बलिउड निर्माता, निर्देशक, कलाकार पनि आफ्नो फिल्ममा पाकिस्तानी कलाकारलाई लिएर कुनै खतरा लिन चाहँदैनन् ।
त्यस्तै शाहरुख खानको फिल्म ‘डियर जिंदगी’बाट पनि पाकिस्तानी कलाकार अली जफर बाहिरिएका छन् । खबरका अनुसार गौरी शिंदेको फिल्म ‘डियर जिंदगी’मा अलीलाई निकालेर ताहिर राज भसीनलाई फिल्म साइन गर्न लगाइएको छ । समाचारका अनुसार ताहिरले फिल्ममा एउटा गितको सुटिङ पनि सुरु गरिसकेका छन् । फिल्मको उक्त गीतमा उनी आलिया भट्टसँग देखिएका छन् भने यस गितलाई अरजीत सिंहले गाएका हुन् ।
‘डियर जिंदगी’मा शाहरुख खान आलिया भट्टको लव गुरुको भूमिकामा देखिने भएका छन् । यो फिल्म २५ नोभेम्बरमा रिलिज हुँदैछ । गौरी शिन्दे आफ्नो यस फिल्मलाई सिनेमाघरमा जादा कुनै पनि प्रकारको विवाद नहोस् भन्ने चाहान्छन् । त्यसैकारण उनले अलीको साटो ताहिरलाई चुनेका हुन् ।
dear jindagi
pakistani kalakar