यस्ता छन् बलिउडमा पर्दा बाहिर र भित्र जमेका जोडीहरु

कात्तिक १८ । बलिउड चलचित्र क्षेत्र केही न केही कुराले तातीरहेकाे हुन्छ । बलिउडमा पर्दा बाहिर र पर्दा भित्र जमेका कलाकारकाे जाेडी यस्ताे छ :
सैफ अलि खान र करिना कपूर
बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपूरलाई बलिउडमा सैफिना भनेर सम्बोधन गरिन्छ । अभिनेता साहिद कपूरसँगको बिछोड पछि करिनाले सैफसँग प्रेम गरेकी हुन् । सैफको पहिला नै दुईवटा विवाह असफल भइसकेको थियो । यी दुईले सन् २०१२ मा विवाह गरेका हुन् । करिना सैफकी तेस्री पत्नी हुन् । पर्दा भित्र र बाहिर पनि जमेको यो जोडिले एकसाथ तसन, कुर्बान, एजेन्ट विनोद जस्ता फिल्म दिइसकेकका छन् ।
एश्वर्या राय र अभिसेक बच्चन
बलिउड सुपरस्टार सलमान खानसँगको बिछोड पछि एश्वर्याले आफ्नो व्यक्तिगत जीवनलाई लिएर कुनै पनि कुरा खुलाउन चाहिनन् । तसर्थ सलमानसँगको बिछोड पछि एश्वर्याले अभिसेकसँग सन् २००७ मा विवाह गरिन् । यी दुईले कुछ ना कहो, गुरु, राभण, सरकार राज जस्ता फिल्ममा सँगै काम गरिसेका छन् । गुरु फिल्मको प्रचारको क्रममा अभिसेकले एश्वर्यालाई लन्डनमा विवाहको प्रस्ताव राखेका थिए ।
हेमा मालिनी र धर्मेन्द्र दियोल
बलिउडकी ड्रिम गर्ल मानिने हेमा मालिनी र धर्मेन्द्रले सन् १९८० मा विवाह गरेका हुन् । ‘तुम हसिन मै जवान’ फिल्मको सुटिङको क्रममा यी दुई प्रेममा परेका थिए । त्यतिबेला धर्मेन्द्रको विवाह भइसकेर पनि दुई बच्चा भइसकेका थिए । तर विवाह भएको वहानाले यी दुईको मायालाई रोेकेन । यी दुईले पनि एकसाथ धेरै फिल्ममा काम गरिसकेका छन् ।
जेनिलिया र रितेश देशमुख
बलिउड अभिनेता रितेश देशमुख र अभिनेत्री जेनिलिया उनीहरुको डेब्यू फिल्म ‘तुझे मेरी कसम’को सुटिङमा भेटेका थिए । फिल्म ‘तेरे नाल लभ हो गया’मा सँगै काम गरेपछि यी दुईले विवाह गरे । रितेश अहिले पनि विवाह पछि जिन्दगीमा परिवर्तन आएको बताउँछन् ।
अक्षय कुमार र ट्वीङ्कल खन्ना
बलिउडका सुन्दरी शिल्पा सेटि, रभिना टन्डनसँगको प्रेम पछि अक्षय कुमारले स्वर्गीय सुपरस्टार राजेश खन्नाकी छोरी ट्वीङ्कल खन्नासँग विवाह गरे । यी अभिनेता पनि ट्वीङ्कलसँग सन् २००१ मा विवाह गरेदेखि जिन्दगीमा धेरै परिवर्तन आएको बताउँछन् ।
जया बच्चन र अमिताभ बच्चन
सन् १९७३ मा बलिउड अभिनेत्री जया भादुरीले बिग बी अमिताभ बच्चनसँग विवाह गरेपछि मन दुखाउनेहरु धेरै थिए । यी दुईले अभिमान, सोले, जन्जीर, शिलशिला जस्ता फिल्ममा सँगै काम गरिसेकका छन् । उनीहरुको एकदम साधारण विवाह भएको थियो । आजसम्म पनि यी दुई बलिउडको शक्तिशाली जोडि मानिन्छन् ।
अजय देभगन र काजोल
काजोल र अजय देभगनले फिल्म ‘गुन्डाराज’ को सुटिङदेखि नै डेट गर्न थालेका थिए । उनीहरुले सन् १९९९मा विवाह गरेका हुन् । यी दुईले एकसाथ हलचल, प्यार तो होना ही था, दिल क्या करे, जस्ता फिल्ममा काम गरेका छन् ।
bolleywood
selibreati






