खेल

वेलको कीर्तिमान कायम, मड्रिड बराबरीमा रोकियो

वेलको कीर्तिमान कायम, मड्रिड बराबरीमा रोकियो
कात्तिक–१८ । केही दिनअघि मात्र नयाँ पारिश्रमिक रकममा ६ वर्षकालागि रियल मड्रिडमा अनुबन्धित वेल्स स्ट्राइकर ग्यारेथ वेल च्याम्पियन्स लिगमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राती पोल्यान्डमा भएको च्याम्पियन्स लिगअन्तर्गत लेजिया वार्साविरूद्धको खेलमा ५८ सेकेन्डमा गोल गर्दै उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो गोल गर्ने स्ट्राइकर बनेका हुन् । साताको ३ लाख ४६ हजार पाउण्डको पारिश्रमिक लिने यी खेलाडीले देब्रे खुट्टाले गोल गरेर यो कीर्तिमान राखेका हुन् । वेलको च्याम्पियन्स लिगमा दोस्रो गोल थियो । दुई वर्षअघि म्याड्रिडसँग जोडिएका वेल गतसिजन स्पेनिस क्लबले च्याम्पियन्स लिगको उपाधि जित्दा प्रमुख सदस्य थिए । वेलको कीर्तिमान भए पनि रियल मड्रिड लेजिया वार्सासँग ३–३ गोलको बराबरीमा रोकिएको छ । बराबरीपछि समूह ‘एफ’को रियल मड्रिड ८ अंकसहित दोस्रो स्थानमा छ ।

Real Madrid

विशेष