खेल

प्रधान सेनापति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

प्रधान सेनापति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै
कात्तिक–१८ । शुक्रबारदेखि प्रधान सेनापति चौथो अन्तराष्र्टि«य महिला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि लगनखेल स्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा प्रतियोगिता हुने जनाएको हो। नेपाली सेनाको आयोजनामा हुने नकआउट प्रणालीको प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहने भएको छ।१९ गतेदेखि सुरु हुने प्रतियोगिता आउने २४ गते सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका महिला टोली सहभागी हुनेछन्। भारतको बिहार महिला टिम र सिक्किम महिला टिम पनि प्रतियोगितामा सहभागीता रहेको छ। प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख पुरस्कार पाउनेछ भने उपबिजेता टोलीले १ लाख ५० हजार पुरस्कार पाउनेछ। दुई सेमिफाइनलिष्ट टोलीले पनि ५०–५० हजार पुरस्कार पाउनेछन्। सेनाको विज्ञप्ति अनुसार प्रतियोगिताका सबै खेलहरु निःशुल्क हेर्न पाइने छ ।

football pradhan senapati football suru

विशेष