खेल

आर्सनलका खेलाडीमाथि कर छलिको आरोप

आर्सनलका खेलाडीमाथि कर छलिको आरोप
कात्तिक–१८ । इंग्लिस क्लबआर्सनलका खेलाडी एलेक्स सान्चेजमाथिबार्सिलोनाको खेलाडी हुँदा करछलि गरेको आरोप लागेको छ । सन् २०१४ माबार्सिलोनाबाट आर्सनलआएका सान्चेजले सन् २०१२ र २०१३ मागरि ९ लाख ८३ हजार ४ सय ४३ युरो करछलि गरेको आरोप स्पेनको बार्सिलोनाकाअधिकारीले दर्ता गरेका छन् । चिलीका सान्चेजले करछलिका लागि माल्टाको अफसोर कम्पनीप्रयोग गरेको स्पेनिस अधिकारीले आरोप लगाएका छन् । सान्चेजले आफ्नो तस्बिरबाट भएको आयको करछलि गरेकाउनीहरुको भनाई छ । तर सान्चेजकाएजेन्टले विज्ञप्ति निकालेर सान्चेजले आफू बस्दै आएको देशको कानुन पूर्ण रुपले पालना गरेकोबताएका छन् ।

arsenal

विशेष