देश

रामग्राम नगरपालिकाको सवारी साधनको चरम दुरुपयोग

रामग्राम नगरपालिकाको सवारी साधनको चरम दुरुपयोग
देश नवलपरासी कात्तिक – १८ । नवलपरासीमा सरकारी कार्यालयको सवारी साधानहरुको चरम दुरुपयोग भएको पाइएको छ । बिशेष गरी चाडपर्व वा सरकारी बिदाका दिन पदीयदुरुपयोग गरी ति सवारी साधनको कर्मचारीहरुद्वारा चरम दुरुपयोग गरिएको पाइएको हो ।

रामग्राम नगरपालीकाले आफ्नो सरकारी गाडीमा भने सरकारी नम्बर प्लेट भन्दा पनि निजी तवरको रातो रङको नम्बर प्लेट प्रयोग गरेको छ ।
जिल्लामा सबैभन्दा वढी सवारी साधन दुरुपयोग गर्ने कार्यालय रामग्राम नगरपालिका पर्दछ । जुन कार्यालयको गाडी र अन्य सवारी साधनहरु बिदाका दिन पनि कर्मचारीहरुले निरधक्क जिल्ला प्रशासन कार्यालयको ईजाजत बिना प्रयोग गर्ने गर्दछन् । यसरी नवलपरासीमा सरकारी सवारी साधन दुरुपयोग हुदै आएको अनेकौ उदाहरण मध्ये कात्तिक १७ गते बुधबार सरकारी बिदा भएपनि रामग्राम नगरपालीकाको सबैभन्दा महँगो तथा आरामदायी सवारी लु १ च ६६६४ नम्बरको ईस्कारपियो गाडी कार्यालयका कर्मचारीले प्रयोग गरेका थिए । कार्यालयका कर्मचारीले आफ्नो ब्यक्तिगत काममा सो सवारी साधन प्रयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सो दिन गाडी संञ्चालन लागि नगरपालीकाले प्रशासन कार्यालयसंग कुनै अनुमती लिएका छैन् । यस बारे कार्यालयका निमित्त कार्यालय प्रमुख एवंम् लेखा अधिकृत कुन्दन कुमार चौधरीले सो दिन गाडी आफूले आफ्नो बालबालीको लागि प्रयोग गरेको स्विीकार गरे । उनले भने ‘कार्यालयभन्दा बाहिरको समयमा पनि मैले कार्यालयको काम गर्ने गर्दछु त्यसैले आवश्यकताअनुसार कार्यालयको गाडी पनि ब्यक्तिगत काममा प्रयोग गरेको हुँ ।’ यता, रामग्राम नगरपालिकाले आफ्ना अधिकाशं सरकारी सवारी साधन चरम दुरुपयोग गर्दै आएकोले दुरुपयोग गर्ने कर्मचारीलाई तत्काल कारवाही हुनुपर्ने नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताए । ‘यस वाहेक रातका समयमा नास्ता खान भैरहवा, दाउन्नेमा लगायतका स्थानमा समेत रामग्राम नगरपालीकाको सवारी साधनको चरम दुरुपयोग गर्ने गरेका छ,’ उनले भने, ‘रामग्राम नगरपालीकाको सरकारी सवारी साधान सरकारी सम्पत्ती भएपनि ब्यक्तिले रजाई हुने गरेको उदाहरण बनेको छ ।’ रामग्राम नगरपालिका कार्यालय प्रमुख घर बिदामा भएको मौका छोपी अन्य कर्मचारीले सो सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । जिल्लामा सात वटा नगरपालीका रहेका छन् जसमध्ये अन्य सबै नगरपालिकाका सरकारी नम्बरको सेतो रङको नम्बर प्लेटको गाडी छन् । तर, रामग्राम नगरपालीकाले आफ्नो सरकारी गाडीमा भने सरकारी नम्बर प्लेट भन्दा पनि निजी तवरको रातो रङको नम्बर प्लेट प्रयोग गरेको छ । यता, यस बारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जिल्लामा रहेका सरकारी कार्यालयहरुको सवारी साधन दुरुपयोग भएको गुुनासो निकै आएकाले यसलाई नियन्त्रण गर्न पहिल गरिने प्रतिकृया दिए । – रबिन्द्र यादव नवलपरासी

nawalparasi sarkari gadiko charam durupayog

विशेष