Technology

पहिलो पटक नेपाल प्रहरीले गरे आरसिएसको प्रयोग

पहिलो पटक नेपाल प्रहरीले गरे आरसिएसको प्रयोग
कात्तिक–१८ । नेपालमापहिलो पटर्क यापिड कम्युनिकेशन सिस्टम (आरसिएस) प्रयोगमा आएको छ । नेपालप्रहरीले ३ दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण सुरक्षाका लागि पहिलो पटक आरसिएस प्रयोगमा ल्याएको हो । भिभिआइपीको सुरक्षामा तालिम प्राप्त प्रहरी अधिकृत, कुकुर लगायत प्रयोग हुँदै आए पनि प्रहरीले प्रविधि मार्फत पनि निगरानी गर्न थालेको छ । यो सिस्टमबाट फोटो लिएर प्रहरीको सूचना सेन्टरमा प्रत्यक्ष हेर्न सकिन्छ । यस मार्फत लाइभ गतिविधि हेर्न सकिने प्रहरीले जनाएको छ । राष्ट्रपतिको भ्रमणमा प्रहरीले सुरक्षा अवस्थालाई लिएर फोटो पत्रकार पनि खटाएको छ ।

Nepal Police

विशेष