प्रवास

प्रबल गुरुङले भेटे मिसेल ओबामासँग

प्रबल गुरुङले भेटे मिसेल ओबामासँग
कात्तिक १८ । नेपाली मूलका अमेरिकी डिजाइनर प्रबल गुरुङले प्रथम महिला मिसेल ओबामासँग भेट गरेका छन् । उनले आफ्नी आमा र भतिजीसहित मिसेलसँग भेट गरेका हुन् । प्रथम महिलासँग प्रबलको भेटको फोटो नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमा पोस्ट गर्दै प्रथम महिलासँग प्रबलको भेटले ‘आफूहरुलाई खुसी (र अलिकति ईर्ष्या पनि) लागेको’ जनाएको छ । michel-obabama हङकङमा जन्मिएका प्रबल काठमाडौँमा हुर्किएका हुन् । १९९९ मा न्युयोर्क सरेका प्रबल अमेरिकामा चर्चित डिजाइनर मानिन्छन् । महिला फेसनमा चर्चित उनले डिजाइन गरेको पहिरन प्रथम महिला मिसेल ओबामा, बेलायती डचेस केट मिडलटन, ओप्रा विन्फ्रे, लेडी गागा, जेनिफर लरेन्स, दीपिका पादुकोण, प्रियंका चोपडाजस्ता हस्तीहरुले लगाइसकेका छन् । हालै अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी हिलारी क्लिन्टनको चुनावी अभियानलाई सघाउन प्रबलले एक टिसर्ट डिजाइन गरेका थिए। सीमित संस्करणको सो टिसर्ट छोटो समयमै सबै बिक्री भएको थियो । vest

Michel Obama prabal gururng

विशेष