एप्पल र सामसुङका मोबाइलभन्दा पनि शक्तिशाली हुवाईकाे मेट-९
प्रविधि / काठमाडौँ
कात्तिक – १८ । चीनिया मोबाइल उत्पाद कम्पनी हुवाईले अहिलेसम्मकै शक्तिशाली नयाँ स्र्माट फोन उत्पादन गरेको दाबी गरेको छ । हुवाइले उच्च क्षमताको र उच्च मूल्य भएको मेट ९ ले स्मार्ट फोन दुनियामा एकाधिकार कमाइरहेका दुई ठूला कम्पनी सामसुङ र एप्पललाई टक्कर दिने बताएको हो । हुवाइले गरेले उत्पादन गरेको मेट सिरिजको नयाँ स्मार्ट फोनमा ५.९ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । यस्तै स्क्रिन एप्पलको आइफोन ७ र सामसुङको नोट ७ मा पनि छ । हुवाईले यो स्मार्ट फोन अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रहेको दाबी गरेको छ । मेट ९ मा प्रयोग गरिएको सफ्टवेयर एक वर्षपछि सम्म अरु मोबाइल भन्दा ८० प्रतिशत वढी काम गर्न सक्ने एक परीक्षणले देखाएको छ । यो मोबाइल पेसेबर प्रयोगकर्ताका लागि उपयुक्त हुने हुवाईले उल्लेख गरेको छ । यसलाई उत्पादकत्व उपकरणको रुपमा हेरिएको छ । तर, यसको मूल्य कति निर्धारण गरिएको भन्ने खुलाईको छैन । यसलाई अहिलेसम्मकै सर्वाधिक महँगो फोन भनेर हुवाईले उल्लेख गरेको छ ।
Apple mobile Huawei new mobile Mate 9 Samsung