कर्पोरेट

अस्ट्रेलियन हाइड्रो पावर कम्पनीले नेपालमा कार्यालय विस्तार गर्ने

अस्ट्रेलियन हाइड्रो पावर कम्पनीले नेपालमा कार्यालय विस्तार गर्ने
अर्थ बजार/काठमाडौं

andritz_hydro_logo-svg_-768x296

कात्तिक - १८ । जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस ‘‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरेका छन् । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा दुई÷तीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने कुरा तय गर्ने बताइएको छ । अस्ट्रियामा मुख्य कार्यालय रहेको उक्त कम्पनीले विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको छ । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ । यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य आयोजनासहित करिब हजार मेघावाटका लागि आन्द्रिजको सहकार्य छ । जसमध्ये १२० मेघावाटको काम भइसकेको छ । उपप्रधान तथा अर्थमन्त्री महराले आन्द्रिजको कार्यालय विस्तारले नेपालमा जलविद्युत् लगानीको सम्भावनामा वृद्धि हुने बताउँदै यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।
 

Andrijz Hydro company

विशेष