जनकपुरमा भर्मशाला बनाउने मुखर्जीको घोषणा

कात्तिक - १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरमा दुई ओटा धर्मशाला निर्माण गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मुखर्जीले सो घोषणा गरेका हुन् ।
भारतीय राष्ट्रपतिले घोषणा गरेको उक्त धर्मशाला जनकपुर वरिपरिको परिक्रमा पथमा निर्माण गरिने जनाइएको छ ।
शुक्रबार बिहान जनकपुरमा साँस्कृतिक झाँकीसहितको कार्यक्रमबीच मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको थियो । उनलाई नेपाली, मैथिली र अंग्रेजी भाषामा अभिनन्दन पत्र प्रदान गरिएको थियो ।
dharma shala banaune
Janakpur
pranab mukharji
president of india