Technology

मोबाइल रिचार्ज गर्न सकिने एप्स सार्वजनिक

मोबाइल रिचार्ज गर्न सकिने एप्स सार्वजनिक
कात्तिक १९ । नेपालमा विश्वको जहाँबाट पनि मोबाइल रिचार्ज गर्न सकिने एप्स नेपालीहरुले प्रयोगमा ल्याएका छन् । अहिलेलाई यो प्रिपेड मोबाइलमा गरिएको छ र पछि पोष्टपेड गरिने तयारी गरिएको यसको आयोजक संस्था घुम्ती टेक नेपालको रहेको छ । तीन महिनामा आईओस र एन्ड्रोइड गरी २५ सय युजर पुगिसकेको प्रमुख कार्यकारी अधिकृत राजिव बताउँछन् । हप्ताको एक हजार डलर बराबरको कारोबार भइरहेको उनले बताए । अहिले नेपाल आएका उनले भने, ‘६ महिना भित्र यसलाई महिनाको ६ हजार डलर पुर्याउने लक्ष्य राखिएको छ । नेपालीहरु नेपालको प्रोडक्ट प्रयोग गर्न हिचकिचाउँछन्, विदेशीलाई बढि प्राथमिक्तामा राख्छन् । त्यसमा विश्वस्नीयताको पनि कुरा आउँछ । तर यो एप्सले नेपालीहरुमा पनि विश्वासको वातावरण बनाउने विश्वास हाम्रो छ ।’ अहिले विदेशमा रहेका नेपालीहरुका लागि यो एप्स बनाइएको हो । पछि यसलाई नेपालबाटै रिचार्ज गर्न सकिने व्यवस्था मिलाउने तयारी घुम्ती टेक नेपालको छ । एप्स लग इन गरेर आफ्नो एकाउन्ट खोली त्यसमा डेविट र क्रेडिट कार्ड प्रयोग गरेर आफूले चाहेको रकम हाली यसबाट मोबाइल रिचार्ज गर्न सकिन्छ ।

mobile recharg apps sarbajanik

विशेष