खेल

म्यानचेष्टर युनाइटेडलाई दोस्रो मिनेटको सुरुवातमै झड्का

म्यानचेष्टर युनाइटेडलाई दोस्रो मिनेटको सुरुवातमै झड्का
कात्तिक – १९ । जारी युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा फेनेरबिचले म्यानचेष्टर युनाइटेडलाई हराएको छ । फेनेरबिचले युनाइटेडलाई २–१ गोलको अन्तरले हराएको हो । फेनेरबिचको जितका लागि खेल सुरु भएको ६५ सेकेण्डमै बाइसाइकल किकमार्फत गोल गर्दै स्ट्राइकर मोउसा शोले टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ५९ औं मिनेटमा जेरिमेन लेन्सले हानेको उत्कृष्ट फ्रि किकलाई पनि मोउसाले गोल गर्दै फेनेरबिचलाई २–० ले अग्रता दिलाए । खेलको ८९ औँ मिनेटमा म्यानचेष्टर युनाइटेडका कप्तान वायन रुनीले गोल गरेपनि जितका लागि पर्याप्त भएन । समूह ए मा रहेको म्यानचेष्टर युनाइटेड यो खेलसँगै समूहको तेस्रो स्थानमा झरेको छ भने म्यानचेष्टर युनाइटेडलाई हराएसँगै फेनरबिच पहिलो स्थानमा उक्लिएको छ ।

Manchester United

विशेष