राखीको कपडामा नरेन्द्र मोदीको तस्बिर देखिएपछि...

कात्तिक–१९ । अभिनेत्री राखी सावंतले प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर भएको पोशाक लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोपमा सावंत विरुद्ध राजस्थानको राजसमंद जिल्ला कांकरोली थानाको पुलिसले मामला दर्ता गराएको छ ।
कांकरोली थापाअनिकारी लक्ष्मण रामले एक अदालतको आदेशमा प्रहरीले मामला दर्ता गरेको बताए ।
उक्त पोशाकमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरहरु बनाइएको छ । प्रहरीको अनुसार भारतीय सजाय संहिताको धारा २९२,२३९,२९४,५०१ र महिला अश्लील निरुपण अधिनियमको खण्डहरु अन्तर्गत अभिनेत्री राखी सावंतको विरुद्ध मामला दर्ता गरिएको हो र यसबारे जाँच भइरहेको छ ।
Narendra modi
rakhi serawat


