अमेरिकनहरु गायत्री मन्त्र गाउँछन्, ॐ नम शिवाय भन्दै छमछमी नाच्छन् (भिडियोसहित)
काभ्रेको गोसाइस्थानका स्थानीय त्यतिबेला दंग परे जब खैरो बर्णका पर्यटकहरुले गायत्री मन्त्र उच्चारण गर्न थाले । अमेरिकन लवजमा गायत्री मन्त्र सुन्दा फुरुङ्ग भएका उनीहरु थप जोशायो पर्यटकहरुको ॐ नम शिवाय नृत्यले । स्थानीयले आफुलाई थाम्न सकेनन् । तालीले मात्र पुगेन, उनीहरु आफैंपनि पर्यटकसँग कुम र कम्मर ठोक्काउँदै नाच्न थाले । काभ्रे धुलिखेल नजिकै रहेको गोसाइस्थान दुई बर्ष अघिसम्म गुमनाम थियो । अहिले पर्यटकका लागि धार्मिक साँस्कृति केन्द्र बनेको छ । रातारात गोसाइस्थानको मुहार फेर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको छ नैनिषारण्य संस्कृत गुरुकुलले । त्यही गुरुकुलमा आएका अमेरिकी पर्यटकले गायत्री मन्त्र उच्चारण र ॐ नम शिवाय नृत्य नाचेर सबैलाई चकित पारेका हुन् । स्थानीय जनताको सहकार्यमा खोलिएको हो नैनिषारण्य संस्कृत गुरुकुल । स्थानीयको भुदान, श्रमदान र द्रव्य दानमार्फत खोलिएको गुरुकुलमा छुवाछुत र काटमार हुँदैन । ‘हामीले गायत्री मन्त्र भुलिसक्यौँ, शिबलाई बिर्सिसक्यौँ । बिदेशीले यस्तो जानिसके’ दंग परेका गुरुकुलका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय भन्दै थिए ।’ हिमालको सुन्दर दृश्य र शहरको रमझम हेर्दै डाडामा योगा सिक्दाको मज्जा बेग्लै ! अहिले वरपरका स्थानीयदेखि सात समुन्द्र पारीकासम्मले गुरुकुललाई पछ्याएका छन् । [caption id="attachment_36796" align="aligncenter" width="750"] लक्ष्मन पन्थी, डा चिन्तामणि योगी र मुकुन्द प्रसाद उपाध्याय[/caption]
गुरुकुल स्थापनका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेका तथा संरक्षकको भुमिकामा रहेका डाक्टर चिन्तामणि योगी नैनिषारण्य संस्कृत गुरुकुललाई नेपालकै नमुना गूरुकुलको रुपमा चिनाउँछन् । योगी प्रष्टिकरण दिन्छन्, ‘यहाँ सस्कृत मात्र होईन नेपाली, सामाजीक,गणित,अंग्रेजी,संगीत जस्ता विषयहरु अध्यापन गराईन्छ । योगा, ध्यान, साधना र संगीत विद्यार्थीहरुको दैनिकी कार्य हो ।’ गुरुकुलमा अहिले २० बिद्यार्थीले आवसीय शिक्षा लिइरहेका छन् । बर्षेनी २० जना बिद्यार्थी थप्दै लगिने डाक्टर योगीले योजना सुनाए, ‘हामी आधुनिक पण्डित उत्पादन गर्छौँ जसले अंग्रेजीदेखि प्रविधिमा दक्षता हासिल गरेको होस् ।’ गुरुकुलले संस्कृत सभ्यतालाई पश्चिमा मुलुकमा फैलाउने र हिन्दु धर्म र सस्कृतिलाई विश्वभर फैलाउने अभिष्ट राखेको छ । पश्चिममा मुलुकमा योगाको लोकप्रियता र उपयोगिता ह्वात्तै बढेको छ । डाक्टर योगी उदाहरण दिन्छन्, ‘अमेरिकाको सनफ्रान्सिस्कोमा पुरुषा सेवा प्रोजेक्ट छ ।प्रोजेक्टले योगा सिकाएर जम्म भएको पैसाले समाजसेवामा खर्च गर्ने गर्दछ । पुरुषा सेवा प्रोजेक्टमा योगा सिकाउने काम नेपालका लक्ष्मण पन्थीले गर्दछन ।’ योगा र हिन्दु सभ्यतामा रुची भएका पर्यटकसहित गोसाइस्थान पुगेका पन्थी भन्छन्, ‘अमेरिकामा योगाको आर्कषण धेरै छ । योगा सिक्नको लागी हजारौ खर्च गर्न अमेरिकनहरु तयार हुन्छन । पुरुषा सेवा प्रोजेक्टमा हजारौ अमरिकीहरुले योगा सिकीरहेका छन । त्यहाँका विद्याथीहरुले नेपाल घुम्न ईच्छा देखाएकाले मैले लिएर आएको हुँ । यो बसाईमा घुम्नेदेखि नेपालको धर्मसस्कृति बारेमा जान्ने उनीहरुको उद्देश्य रहेको छ ।’ पुरुषा सेवा प्रोजेक्टको सेक्रेटरी भिनासा मिलरले नेपालआजसंग कुरा गर्दै भनिन ‘अत्याध्म तथा सस्कृतीको धनी देश नेपाल आउन पाउदा खुसी लागेको छ । यहाँको हरेक कुरा खास रहेछन । हामीले अमेरिकामा रहदा नेपालको बारेमा धेरै सुनेका थियौं, त्यो भन्दा धेरै राम्रो रहेछ ।’ प्रस्तुति: सागर बुढाथोकी
https://youtu.be/iIm6AZNS-Ko american dancing in om nawa siwaya