छोरीलाई किस गर्नेकोे ओठ चिरिदिन्छुः शारुख खान
बलिउडका बादशाह शारुख खानकी छोरी सुवाना यतिबेला भारतीय मिडियामा निकै चर्चामा छन् ।
दिपावलीको सयममा उनले ग्लामरस छवी देखाएर चर्चा बटुलेकी हुन् । यता, उनका सुपरस्टार बाबु शारुखले आफ्नो छोरीको आसपास आउने युवकहरुलाई आफूले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् । बलिउड बादशाह शारुख खानले आफ्नी छोरी सुवानालाई चुम्बन गर्ने केटाको ओठ चिरिदिने बताएका छन् । करण जौहरको टक सो कफी वीथ करणमा र्यापीट सोमा करणले सोधेको प्रश्नको उत्तर दिदै आफ्नी छोरीलाई छेड्ने जो कोहीलाई पनि नछोड्ने बताएका हुन् ।
करणले सोका दौरान यदी तपाईको छोरी सुहानालाई कसैले चुम्बन गर्ने प्रयास गर्दछ भने तपाई के गर्नुहुन्छ ? भनेर सोधेका थिए । उनले भने म उसको ओठ चिरिदिन्छु । करणको टक सोमा यो पटक आलिया भट्ट र शारुख देखिएका छन् । यतीबेला दुबै डियर जिन्दगीका कारणले चर्चामा छन् । उनीहरु पहिलो पटक करणको सोमा देखिएका हुन् ।
kiss garneko oth chiridinxu shahrukh khan suwana khan