२० मिनेटमै चार्ज हुने हुवाईको मेट – ९ का यस्ता छन् फिचर (भिडियाेसहित)

प्रविधि । काठमाडौँ
कात्तिक – १९ । चीनिया मोबाइल कम्पनी हुवाईलले अहिलेसम्मकै सबैभन्दा ठूलो स्क्रीन भएको मोबाइल फोन सार्वजनिक गरेको छ । यसमा पहिलो पटक एन्ड्रोइडको ७ भर्जन प्रयोग गरिएको छ ।
हुवाई स्मार्ट फोन कम्पनीले सर्वाजनिक गरिएको मोबाइले मेट ९ हालसम्मकै सबैभन्दा शक्तिशाली रहेको कम्पनीले जनाएको छ । यो मोबाइल बजारमा सिल्वर, गोल्डेन, ह्वाट र ब्ल्याक कलरमा उपलब्ध हुने छ । यो मोबाइले सामसुङ कम्पनीलाई ठक्कर दिने बताइएको छ ।
हालसालै लंच गरिएको मेट ९ चीन, प्रान्स, इटाली, जापान, कुवेत, मलेशिया, पोल्याण्ड, साउदी अरब, स्पेन, थाइल्याण्ड, युएई लगायतका देशमा उपलब्ध हुने छन् ।
फुल मेटल बडी रहेको मेट ९ एन्ड्रोइड ७ नोगट आउट अफ द बक्स भर्जनमा चल्ने छ । यसमा ५.९ इन्चको शक्तिशाली डिस्प्ले स्क्रीन रहेको छ । यसमा नयाँ प्रोसेसर आक्टा–कोर किरिन–९६० को प्रयोग गरिएको छ । डबल सीम प्रयोग गर्न सकिने यो फोनमा ४ जिबी र्याम र ६४ जिवी इन्टरनल मेमोरी रहेको छ भने माइक्रो एसडी कार्ड प्रयोग गरेर यसको क्षमता बढाउन सकिन्छ ।
२० मेगाफिक्सल मोनोक्रो मोड्युल क्यामेरा र १२ मेगाफिक्सेल कलर मोड्युल क्यामेरा प्रयोग गरिएको छ । मेट ९ को रियर क्यामेरा हाइब्रिट जुम फिचर प्रयोग गरिएको कम्पनीले दावी गरेको छ । जसका कारण जुम गरेर खिचिएको फोटोमा गुणस्तरियता कमी हुन पाउँदैन ।
रियर क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेशन, डुवल टोन, डुवल एलईडी फिक्सल जस्ता फिचरहरु पनि समावेश छन् । मेट ९मा ४ जि एलटीई, ३ जि, वाईफाई र ब्लुटुथ जस्ता फिचर पनि छन् ।
यसमा ४,००० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ, जसलाई २० मिनेटमै चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यसका बजार मूल्य ६ सय ९९ यूरो तय गरिएको कम्पनीले जनाएको छ ।
note 9
Samsung
samsung note 7




