समाज

रानीपोखरीमा छठपर्व मनाउन समस्या

रानीपोखरीमा छठपर्व मनाउन समस्या
balgopal-mandir कात्तिक - १९ । पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अघ्र्य लिन र दिन समस्या हुने भएको छ । विगतमा छठका सम्पूर्ण कार्यक्रम रानीपोखरीमै गरिँदै आए पनि समयमै पुनःनिर्माण हुन नसक्दा यस वर्ष अधिकांश कार्यक्रम बाहिर नै गरिने भएको छ । अर्घ दिन र लिनका लागि रानीपोखरी खुला गरिए पनि व्रत बस्ते काम भने शान्तिबाटिका र त्रिचन्द्र क्याम्पसको प्राङ्गणमा गरिने कामपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए । तामाङका अनुसार पुनःनिमार्णका कामको सुरुआत गरिएकाले पोखरीको पानी निकालिएको छ, पानीको अभाव र बर्तालु बस्ने स्थानको पनि अभाव रहेकाले बाहिर नै व्यवस्था गरिएको हो । विसं २०७२ को भूकम्पका कारण रानीपोखरीमा पूर्ण रुपमा क्षति पुगेको थियो ।

Chhata Festival Ranipokhari Temple

विशेष