खेल

फिफाको उत्कृष्ट फुटबलरको मनोनयनमा परेको खेलाडीको नाम सार्वजनिक

फिफाको उत्कृष्ट फुटबलरको मनोनयनमा परेको खेलाडीको नाम सार्वजनिक
2847811_xbig-lnd कात्तिक–१९ । फ्रान्स म्यागाजिनको बालोन डि’ओर र फिफाले सहकार्य तोडेपछि फिफाले उत्कृष्ट फुटबलरको मनोनयनमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाअघि नै बालोन डि’ओरले पनि आफ्ना मनोनयनमा परेका उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको सूचीमा लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अग्र स्थानमा रहने नै भए । उनका साथै बार्सिलोनाका लुइस स्वरेज, नेयमार र आन्द्रे इनिस्टा छन् । रियल मड्रिडका ग्यारेथ बेल, लुका मोडरिक, टोनी क्रुज र सर्जिओ रामोस छन् । फिफा उत्कृष्ट फुटबलरको मनोनयनमा अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान पनि परेका छन् । इंग्लिस क्लबबाट म्यानचेष्टर सिटीका सर्जिओ एग्युरो र केभिन डि ब्रुयेन छन् भने यो सिजन मात्र युनाइटेड आएका जाल्टन इब्राहिमोभिच र पल पोग्बा पनि मनोनयनमा परेका छन् । यस्तै युभेन्टसका बुफोन, बार्यन म्युनिखका रोबर्ट लेभान्डोस्की र नुयर, लिसेस्टरका रियाद महरेज र भर्डी, आर्सनका एलेक्सिस सान्चेज र ओजिल छन् भने फ्रान्स तथा वेष्टहृयामका डिमित्री पयेट र चेल्सीका केन्टे पनि उत्कृष्ट फुटबलरको मनोनयनमा परेका छन् ।

Fifa Award Nominee

विशेष