देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या

कात्तिक २० । मदिराले मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन् । नागार्जुन बस्ने राजकुमार विकले तिहारको लक्ष्मीपूजाको दिन कुटेर श्रीमतीको हत्या गरेका हुन् । साँझ भट्टीमा मदिरा पिएर र्फकदा श्रीमती लक्ष्मी विष्ट विक देउसेसँग नाचिइरहेकी थिइन् । उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए । तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ गर्दा आफैंले आग्लाले हानेर हत्या गरेको स्विकारेको प्रहरीको भनाइ छ । –नयाँ पत्रिकबाट