खेल

सोलिडारिटी कपमा सुखद इतिहास दोहोर्‍याउन खेलाडी तयार

सोलिडारिटी कपमा सुखद इतिहास दोहोर्‍याउन खेलाडी तयार

solidarity

कात्तिक–२० । नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिमोर लिस्टेविरुद्धको सुखद इतिहास दाहोर्‍उने मौका आएको छ । नेपालले आज शनिबार मलेसियाको कुचिङमा भइरहेको एएफसी सोलिडारिटी कपमा आफ्नो पहिलो खेल टिमोर लिस्टेसँग खेल्दै छ ।

यसअघि सन् २०११ जून, २९ मा एसियाली विश्वकप छनोटको पहिलो चरणको पहिलो लेगमा नेपाल र टिमोर लिस्टे भिडेका थिए । सो खेलमा नेपालले दशरथ रंगशालामा टिमोर लिस्टेलाई २–१ ले हराएको थियो । जुलाई २ को दास्रो लेगमा नेपालको ५–० को अग्रता रह्यो । समग्रमा नेपालले त्यसबेला ७–१ को अग्रता लिएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जापानी ग्योतोकु कोजीले सोलिडारिटी कपको आफ्नो पहिलो खेलका लागि तयार रहेको बताएका छन् ।

टिमोर लिष्टे आफ्नो पहिलो खेलमा बुनाइसँग ४–० गोल अन्तरले हारेपछि प्रतिक्रिया दिँदै कोजीले टिमोर लिष्टेको हारका बाबजुद उसलाई कमजोर नआँक्ने बताएका हुन् । बु्रनाइ र टिमोर लिष्टेबीचको खेलको नतिजाले प्रतिद्वन्दीलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको कोजीको भनाई थियो ।

टिमोर लिष्टेसँग शनिबार हुने खेलको रणनीति मौसम र मैदानको अवस्थाबाट तय गरिने कोजीले बताए । कप्तान अनिल गुरुङले टिमोर लिष्टेको पहिलो खेल हेरेर उसले आफ्नो प्रदर्शन धेरै सुधारेको पाएको बताए । भिजेको मैदानमा खेल्ने अनुभव आफ्नो टोलीसँग रहेकाले पानी परेपनि फरक नपर्ने गुरुङको भनाइ छ ।

अहिले कुचिङमा लगातार पानी पर्ने भइरहेको छ । नेपाली टिम जुन दिन त्यस सहरमा उत्रेको थियो, वर्षा प्रतियोगिताका लागि निर्दयी सावित भयो । ब्रुनाई र टिमोर लेस्टबीचको खेल पनि पानीले भरिएको मैदानमा भएको थियो । त्यसैले सायद टिमोर लेस्टेले आफ्नो स्वाभाविक खेल दर्शन गर्न सकेको थिएन होला । प्रशिक्षक कोजीलाई लागेको एउटै डर यही हो ।  टिमोर लेस्टेविरुद्ध नेपालको खेल नेपाली समय अनुसार ३ ः१४ मा शुरु हुनेछ ।

विशेष