मुर्रे बरियताको नम्बर १ मा रहने सम्भावना बढी
कात्तिक–२० । टेनिसमा विश्व नम्बर २ बरियता पाएका बेलायती एण्डी मुर्रे अब नम्बर १ बन्ने सम्भावना बलियो भएको छ ।
विश्व नम्बर एक नोभाक जोकोविच पेरिस मास्टर्स कप टेनिसको क्वाटर फाइनलबाटै बाहिरिए पछि मुर्रेको सम्भावना बढी भएको हो । जोकोविचलाई आफ्नो बरियता सुरक्षित राख्न सेमिफाइनल पुग्न आवश्यक थियो तर उनी असफल भएन् । जोकोविच क्वाटर फाइनलमा मारिन सिलिकसँग ६–४ र ७–६ को सेटमा पराजित भएका हुन् ।
मुर्रे चेक गणतन्त्रका थोमस बर्डिचलाई ७–६ र ७–५ को सेटमा हराएर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा क्यानडाका मिलोस राओनिकलाई हराउन सके मुर्रे विश्व नम्बर एक हुने पक्का छ ।