खेल

रोहित शर्माले इंग्ल्याण्डविरुद्ध नखेल्ने

रोहित शर्माले इंग्ल्याण्डविरुद्ध नखेल्ने

sharma_m

कात्तिक–२० । भारतको उत्कृष्ट ब्याट्स्म्यानले परिचित रोहित शर्माले इंग्ल्याण्ड विरुद्धको पाँच म्याचको टेस्ट सिरिज गुमाउने भएका छन् । केही दिन अघिमात्र बिसिसिआई (द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया) ले जारी गरे अनुसार उत्कृष्ट खेलाडीले राजकोट र भिजागमा इंग्ल्याण्डविरुद्ध हुने दुई टेस्ट गुमाउने बताइएको छ ।

न्यूजिल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा उनलाई तिघ्रामा चोट लागेका कारण खेल्न नसक्ने भएका हुन् । रोहित शर्मालाई शल्यक्रियाको आवश्यकता पर्न सक्ने भारतीय बोर्डले बताएको छ । बोर्डको मेडिकल टिमको अनुसार २०१६, अक्टोबर २९ मा न्युजिल्याण्डविरुद्धको एक दिवसीय अन्तिम खेलमा उनलाई चोट लागेको हो । उपचारको लागि उनी आगामी हप्ता लण्डन जाने र शल्यक्रियाको आवश्यकता परे उनले १० देखि १२ हप्ता सम्म क्रिकेटका सबै खेल गुमाउने छन् ।

इंग्ल्याण्डविरुद्धको तीन एक दिवसीय खेल जनवारी १५मा छ भने जनवारी २६ मा तीन ट्वान्टी–ट्वान्टी खेल रहेको छ । जसमा रोहित शर्मालाई फर्किन कष्टकर रहने छ ।

विशेष