मनोरञ्जन

सलमान खानको रिहाइविरुद्ध राजस्थान सरकार सुप्रिम कोर्ट जाने

सलमान खानको रिहाइविरुद्ध राजस्थान सरकार सुप्रिम कोर्ट जाने

salman-khan759

एजेन्सी–कालो हरिण शिकारको अभियोगमा सफाई पाएका सलमान खानको सोही मुद्दा फेरि बल्झिने भएको छ । कालो हरिण शिकारको सम्बन्धमा हाइकोर्टको फैसलाबिरुद्ध राजस्थान सरकारले सुप्रिम कोर्टमा पुनरावेदन गर्ने भएको छ । यदि सुप्रिम कोर्टले सलमानले हरिणको शिकार गरेको ठहर गर्‍यो भने सलमानलाई जेल सजाय समेत हुन सक्छ ।

दिपावलीपछि सुप्रिम कोर्टले कालो हरिण शिकारको विषयमा सुनुवाई शुरु गर्ने भएको छ । तल्लो अदालतले सलमानलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने हाइकोर्टले सलमानलाई सफाई दिएको थियो । अहिले राजस्थान सरकार हाइकोर्टको फैसला चित्त नबुझेको भन्दै सुप्रिम कोर्ट गएको छ ।

यस भन्दा पहिले सन् १९९८ मा कालो हरिण सिकार घटनाका अहम साक्षी हरिश दुलानीको बयान पछि राजस्थानी सरकारले सलमानलाई रिहाई गर्ने आदेशविरुद्ध आवेदन दिएको थियो । जसमा सरकारले राजस्थान हाईकोर्टको फैसलामाथि चुनौती दिएको थियो । चलचित्र ‘हम साथ साथ है’ को सुटिङको क्रममा सन १९९८ मा जोधपुरमा सलमानले कालो हरिणको शिकार गरेको आरोप लागेको छ ।

विशेष