शंखधरको जीवनीमा आधारित नेपालकै पहिलोे एनिमेटेड नेपाली चलचित्र तयार
कात्तिक–२० । नेपालको पहिलो एनिमेसन चलचित्र ‘दि लिजेन्ड अफ शंखधर’को निर्माण पूरा भएको छ । यो चलचित्रको प्रथम प्रदर्शनी म्हः पुजाको दिन बेलायतमा गरियो ।
चलचित्र नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको जीवनीमा आधारित छ । नेपालको कला, सम्पदा, इतिहासको प्रवद्र्धन, संरक्षण गर्ने उद्देश्यसहित यस चलचित्रको निमार्ण गरिएकोे निर्माण पक्षको भनाइ छ । परापूर्व कालमा नेपालका नागरिक शंखधरले सबै नागरिकको ऋण तिरीदिएको र उनकै नामबाट नेपाल सम्वत सुरु भएको इतिहासमा उल्लेख छ ।
उनको योगदानलाई कदर गरेर नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ । एनिमेशन चलचित्र ४५ हजार पाउण्डमा तयार गरिएको हो ।
यस चलचित्र आउँदो डिसेम्बर ११ मा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिलिज गरिनेछ ।