मनोरञ्जन

अमिताभको चर्चा हिलारीको इमेलमा

अमिताभको चर्चा हिलारीको इमेलमा
कात्तिक - २० । अमेरिकाको राष्ट्रपति पदकी उमेद्वार हिलारी क्लिन्टनका लीक भएका इमेलमा भारतीय अभिनेता अमिताभ बच्चन पनि मुछिएका छन् । क्लिन्टनको इमेलमा उनले आफ्नी सहयोगी हुमा अबेदिनसँग बच्चनको कुरा गरेको खुलासा भएको हो । लीक भएको इमेलको तस्बिर राख्दै अन्तर्राष्ट्रिय समाचारमाध्यमले अमेरिकी विदेशमन्त्री क्लिन्टनले आफ्नी पाकिस्तानी सहयोगी आबेदिनसँग बच्चनका बारेमा सोधेको उल्लेख गरेकी छन् । सन् २०११ को जुलाईमा क्लिन्टनले आबेदिनलाई पठाएको इमेलमा सोधिएको छ, ‘केही वर्षअघि हामीले भेटेका चर्चित भारतीय वृद्ध अभिनेता को थिए ?’ जवाफमा आबेदिनले भनेकी छन् ‘अमिताभ बच्चन।’ इमेलमा हिलारीले अमिताभबारे किन र कहिलेको कुरा सोधेको भन्ने चाँहि खुलाइएको छैन । hillary-email

amitabh bachhan email Hillary Clinton

विशेष