देश

ट्राफिक प्रहरीले दुई थरिलाई कारबाही सुरु गर्याे

ट्राफिक प्रहरीले दुई थरिलाई कारबाही सुरु गर्याे
कात्तिक - २० ।  सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुई थरिलाई कारबाही सुरु गरेको छ। नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो । चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको छ । चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै सवारीधनीलाई पनि जरिवाना लिइएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले बताए। उनका अनुसार चालक र सवारीधनी दुवैबाट रु एकरएक हजार जरिवाना लिने गरिएको छ । चालक अनुमतिपत्र नभएका एउटै व्यक्ति धेरै पटक कारबाहीमा पर्दा समेत सुधार नभएपछि सवारीधनीलाई कारबाही सुरु गरिएको हो । सवारीधनीलाई नै कारबाही गर्न थालिएपछि चालक अनुमतिपत्र नभई सवारी चलाउनेहरुको सङ्ख्यामा कमी आउने विश्वास ट्राफिक प्रहरी अच्युत विष्टले व्यक्त गरे।

Lamjung traffice police

विशेष