समाज

पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको छठ

पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको छठ
कात्तिक २० ।  नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा तराई मुलका पत्रकार हुन् । उनको घर जनकपुर भएकाले उनी छठ पर्व मनाउन लागि जनकपुर पुग्दै छन् । छठका बारेमा झाले नेपाल आजलाई यसरी बताए । यसपाली मेरा परिवारका सबै सदस्य आमाबुबा, छोराछोरी उतै जनकपुरमा छन् । परिवारजनहरुले जनकपुरमा मूल पूजा गनुइहुन्छ हामीले काठमाडौँमै गर्छौँ । हिजाबाट छठ पर्व सुरु भइसक्यो । यो मूलतः चार दिने पर्व हो । हिजोको दिन भक्तजनहरुले नुहाई धुवाई गरेर, पूजाको लागि सामाग्री तयार पार्छन् । आज छठको दास्रो दिन खरनाको पूजा गर्ने दिन हो । आज खरनाको व्रत बसेर साँझ अर्घ उठाएर पूजा गरिन्छ । विशेषगरि अर्घ घरको जेष्ठ महिलाले मात्र उठाउने चलन छ । पूजा सकिसकेपछि व्रतालु महिलाले खीर पकाएर खानुहुन्छ र घरका बाँकी सदस्यले पनि त्यसलाई प्रसादको रुपमा ग्रहण गर्नुहुन्छ । त्यो प्रसाद खाइसकेपछि व्रतालु महिलाको व्रत सुरु हुन्छ । आज खरनाको पूजा भएपछि भोलि र पर्सि पूजा नसकिने समयसम्म केही खानु पाइदैँन भन्ने चलन छ । त्यसकारण छठको व्रत एकदम कडा हुन्छ । भोली छठको मूल पर्व हो । भोलीको दिनाई षष्ठी भनिन्छ । भोलीको दिन साँझ अस्ताउँदै गरेको सूर्यको पूजा गरिन्छ । चौथो दिन उदाउँदै गरेको पूजा गरिन्छ र व्रतको समापन गरिन्छ । चौथो दिनलाई पार्वण भनिन्छ । त्यसको अर्थ मैले व्रत समापन गरेँ भन्नु हो । महिलामात्र नभएर पुरुषले पनि व्रत बस्ने चलन छ । तर खरनाको पूजा गर्ने सायमा महिलाले नै अर्घ उठाउनुपर्ने हुँदा अर्घ उठाउने महिलालाई भने हिन्दू परम्पराअनुसार व्रत बस्नु अनिवार्य छ । पुरुषले पवि व्रत बस्दा त हुन्छ तर धेरै गाह्रो हुने हुनाले मैले व्रत बस्ने गरेको भने छैन ।
नेपाल आजका लागि कञ्चन न्यौपानीले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झासँगको कुराकानीमा आधारित ।
 

chaith dharmendra jha patrakar mahasang

विशेष