खेल

नेपालले टिमोर लिस्टेसँग बराबरीमा चित्त बुझायाे

नेपालले टिमोर लिस्टेसँग बराबरीमा चित्त बुझायाे
कात्तिक २० । मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग बराबरी खेलेको छ ।मलेसियामा जारी प्रतियोगितामा नेपाली फुटबल टोलीले शनिबार आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसग प्रतिस्पर्धा गरेकाे हाे। मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा भएको खेलमा राम्रा अवसर मिले पनि गोल भने हुन सकेन । टिमोर लिस्टेको यो समूह चरणको दोस्रो खेल हो । टिमोर लिस्टेका मुख्य प्रशिक्षक फाबियो डा सिल्भाले पहिलो खेलमा मैदानका कारण राम्रो खेल्दा खेल्दै पनि नतिजा आफ्नो पक्षमा नआएका बताउँदै नेपालसँगको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका थिए । सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह ‘ए’मा छन् । यस्तै समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् । नेपालले सन् २०११ मा विश्वकप २०१४ को छनोट चरण अन्तर्गत नेपालले टिमोरसंग दुई खेल खेलेको थियो । छनोट अन्तर्गत दुवै खेल दशरथ रंगशालामा भएको थियो । पहिलो खेलमा २–१ ले विजयी भएको नेपालले दोस्रो खेलमा ५–० को जित दर्ता गरेको थियो ।

nepal vs timor leste

विशेष