समाज

गहनापोखरी परिसरमा छठ पर्व मनाइने

गहनापोखरी परिसरमा छठ पर्व मनाइने
chaith
कात्तिक - २० । नेपाल हिन्दू धर्म संरक्षण मञ्च तथा विश्व हिन्दू सेना नेपालको संयुक्त आयोजनामा गहनापोखरी परिसरमा छठ पर्व मनाइने भएको छ । मञ्चले गहनापोखरीमा पत्रकार सम्मेलन गरी उक्त पर्व मनाउन लागेको जानकारी दिएको हो । मञ्चका अध्यक्ष किशोरी महतोले हिन्दू धर्मसँग जोडिएको चाड र सूर्यलाई पूजा आराधना गरिने भएकाले मञ्चले उक्त कार्यक्रम आयोजना गरेको बताए । उनले भने, ‘रानीपोखरीमा कार्यक्रम आयोजना गर्न लागेका थियौँ, रानीपोखरी पुनःनिर्माण भइरहेकाले हुँदा गहनापोखरीमा आयोजना गरेका हौँ ।’ त्रिशक्ति युवा क्लबको सहयोगमा मनाउन लागिएको उक्त पर्वका लागि भारतबाट कृष्णदेवनन्द गिरीजी महाराज सूर्याचार्य आउन लागेको जानकारी दिइयो । छठ पर्वका अवसरमा आइतबार बिहान ८ बजे मोटरसाइकल र्याली, ९ बजे बाजागाजासहित सांस्कृतिक झाँकी, अपराह्न ५ बजे अस्ताउँदो सूर्यको पूजा र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेर कार्यक्रम समापन गरिने महतोले बताए ।

chhat Festival Ghana pokhari

विशेष