मनोरञ्जन

मुन्नीले भेट्टाइन जोडी

मुन्नीले भेट्टाइन जोडी

एजेन्सी । पति अरबाज खानसँग छुट्टिएको धेरै समय बित्न नपाउँदै बलिउड अभिनेत्री एवं सलमान खानकी बुहारी मलाइका अरोराले अर्को सम्बन्ध सुरु गरेको हल्ला फैलिएको थियो । अभिनेता अर्जुन कपूरसँग उनको नाम जोडिँदा कतिपयले भने पत्याएकै थिएनन् । तर, केही दिनअघि मलाइकाको घरमा अर्जुनलाई देखेपछि सबैको बोल्ती बन्द भएको छ ।

राति १० बजेतिर मलाइका बस्ने अपार्टमेन्ट छिरेका अर्जुन बिहान साढे १ बजे बाहिर निस्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘उनी अपार्टमेन्ट छिर्दा र निस्किँदाको तस्बिर क्यामरामा कैद छ,’ पत्रिकाहरूले लेखेका छन, ‘यद्यपि, अर्जुन मलाइकालाई नै भेट्न गएका थिए वा बिल्डिङको अरू कसैलाई, यो भने पत्तो लागिसकेको छैन ।’

अर्जुन यसअघि पनि मुन्नी अर्थात् मलाइकाकै अपार्टमेन्ट आसपास देखा परेका थिए । उनी पटक–पटक त्यता भेटिँदा मलाइका र अरबाजको सम्बन्ध बिग्रिनुमा उनकै पो हात छ कि भन्ने आशंका उब्जिन थालेको छ । आफ्नो १८ वर्षे दाम्पत्य जीवन त्यागेर मलाइका केही महिना अघिदेखि छोरा अरहानसहित बेग्लै घरमा बस्दै आएकी छन् । पारपाचुकेको प्रक्रिया सुरु गर्न लागेका मलाइका–अरबाजले परिवारको करकापका कारण प्रक्रिया पछि धकेलेको बताइन्छ । तर, मलाइकाकी बहिनी अमृताले भने उनीहरू आफैं परिपक्व भएकाले आफ्नो निर्णय आफैं गर्न सक्ने प्रतिक्रिया दिएकी छन् ।

अरबाजका बाबु सलिम खानले पनि छोराछोरीको व्यक्तिगत जिन्दगीमा आफूहरूले हस्तक्षेप नगर्ने बताएका छन् ।

Malaika Arora

विशेष