अक्षयकुमारको भाउ बढ्यो
एजेन्सीि — बलिउड कलाकारको पारिश्रामिक दिनानुदिन बढ्दो छ । पछिलो समय अभिनेत्री दिपिका पादुकोण र प्रियाङका चोपडाको पारिश्रमिक बढेको खबरले बलिउडमा राम्रै चर्चा पाएको थियो ।
बलिउडमा १०० करोड बढी कमाउने सिनेमालाई सफल मान्ने गरिन्छ । अक्षयकुमार अभिनित धेरै चलचित्रले सय करोड कमाएका छन् । यस्तो सफलतापछि नै उनले आफ्नो पारिश्रमिक वृद्धि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अक्षयकुमारले पाइपलाइनमा रहेका फिल्मका लागि प्रतिफिल्म ४५ देखि ५० करोड भारु लिन लागेका छन् । अक्षयले यसअघि फिल्ममा ३० करोड भारु लिने गरेका थिए । पारिश्रमिक बढाएपछि अक्षयले हालै दुई चलचित्र छाडेका छन् । निर्मातासँग कुरा नमिल्दा अक्षयले यस्तो निर्णय लिएका हुन् । ती दुई चलचित्रमा ‘नमस्ते लण्डन २’ र प्रियदर्शनको एक फिल्म थियो ।
नमस्ते लण्डनमा मागेजति नपाउनु र अर्को रोहित सेट्टीको फिल्म सिमित बजेट भएका कारण अक्षयले ती फिल्मबाट हात उठाएका हुन् ।