स्लिम हुन खोज्दा उल्टो मोटाउँदै त हुनुहुन्न ?
एजेन्सी – स्लिम बन्ने इच्छा हर कोही मानिसमा हुन्छ । फ्यात्त बाहिर निस्किएको भँुडी र लुगा लगाउँदा बाहिर निस्किने मासु देखिनुभन्दा स्लिम बन्नु नै उचित हुन्छ । स्लिम शरिरमा कपडा लगाएको पनि राम्रो देखिन्छ र शरिर स्वस्थ पनि । त्यसकारण धेरै मानिस स्लिम बन्न दौडधुप गरिरहेका हुन्छन् । स्लिम बन्नका लागि विभिन्न उपाय अपनाउने क्रममा मानिसहरुले धेरै किशिमका गल्ति पनि गरिरहेका हुन्छन् ।
बढि मात्रामा प्रोटिनको सेवन् गर्ने —अधिकांश मानिसहरुले फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरिर मोटाउँछ भनेर प्रोटिनयुक्त खानालाई बढि प्राथामिकता दिने गर्छन् । तर बढि मात्रामा प्रोटिन सेवन् गर्दा प्रोटिन शरिरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ । त्यसकारण स्लिम हुनुको साटो थप मोटाइने जोखिम बढ्छ ।
जुस खाने बानी — ब्रेकफास्ट गर्नु शरिरको लागि अनिवार्य हुन्छ । तर, कतिपय डाइटिङमा बसेका मानिसहरु ब्रेकफास्टले शरिरको तौल अझ बढ्ने डरले जुस मात्र पिउने गर्छन् । तर त्यसो गर्नाले नतिजा भने ठिक उल्टो हुन्छ । जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ र शरिरमा अतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ । यसले गर्दा भोक लागिरहन्छ र भोेक मेटाइइरहँदा थप मोटाइन्छ ।
दुब्लाईएन भनेर मन खिन्न बनाउने बानी — हामीले व्यवस्थित रुपमा डाइटिङ गर्न थालेको सुरुको दुई सातामात्र वजन उल्लेख्य मात्रामा घट्छ । त्यसको दुई सातापछि भने वजन घट्जे क्रम कम हुँदै जान्छ । यसरी कम हुँदै गएपछि जति डाइटिङ गरेपनि ज्यान घटेन भनेर मन खिन्न भइराख्छ । मन खिन्न बनाएर पहिलैको जस्तो खानपान र जीवनशैलीमा फर्कने गर्छन् धेरै मानिसहरु ।
कम सुत्ने — सामान्यतः धेरै समय सुत्यो भने वजन बढ्ने डरले डाइटिङमा रहेका मानिसहरु कम सुत्ने गर्छन् । तर शरिरलाई स्लिम बनाउनको लागि पर्याप्त निद्राको आवश्यक पर्छ । कम सुत्ने मानिसलाई भोक बढि लाग्छ । जसले गर्दा शरिर घट्नुको साटो बढ्नतिर लाग्छ ।
खाना कम खाने — अधिकांस मानिसहरु स्लिम बन्ने बहानामा खाना कम खाने गर्छन् । तर, कम मात्रामा खाना खाँदा क्यालोरीमात्र नभई शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको पनि इन्टेक घट्छ । त्यसकारण शरिर निरोगी र बलियो बन्न पाउँदैन । शरिर निरोगी र बलियो नहुँदा यसले अन्य खालको रोग निम्त्याउँछ । यसरी स्लिम बन्ने बहानामा खाना कम खानुको साटो पोषणयुक्त खाना सन्तुलित मात्रामा खान सकिन्छ ।