मनोरञ्जन

‘बाहुबली ३’ मा अभिनय गर्नको लागि जे पनि छोड्न तयार छिन् यी अभिनेत्री

‘बाहुबली ३’ मा अभिनय गर्नको लागि जे पनि छोड्न तयार छिन् यी अभिनेत्री

एजेन्सी — अभिनेत्री काजल अग्रवालले आफू ‘बाहुबली ३’ मा काम गर्नको लागि जुनसुकै कुरा त्याग्न पनि तयार रहेको बताएकी छिन् । यदि उक्त फिल्म निर्देशन हुने पक्का भएमा र निर्देशक एस एस राजमौलीले निर्देशन गर्ने भएर कामको लागि अफर गरेमा जुनसुकै कुरा पनि त्यागेर अभिनय गर्न सक्ने बताएकी हुन् । आफू फिल्म बाहुबलीबाट एकदमै प्रभावित भएको र उक्त फिल्म एक अन्तराष्ट्रिय स्तरको फिल्म जस्तो लागेको काजलको भनाई छ । बाहुबाली जस्तो फिल्म एकदमै महंगो भएको र यस्ता चचित्रलाई फिल्म उद्दोगले धान्न नसक्ने काजलले बताइन् । यस्ता फिल्म धेरै समयपछि एक पटक आउने गर्छन् । निर्देशक राजमौली आफूलाई सबभन्दा मनपर्ने निर्देशक भएको बताउँदै काजलले उनीसँग काम गर्ने इच्छा भएको बताएकी हुन् ।
 

bahubali 3 kajal agrawal

विशेष