मनोरञ्जन

‘हामीले पनि माातापितालाई जवाफ दिनु पर्छ’ - श्रद्धा कपूर

‘हामीले पनि माातापितालाई जवाफ दिनु पर्छ’ - श्रद्धा कपूर
कात्तिक - २१ । युवापुस्तामाझ निकै नै लोकप्रिय मानिने चर्चित अभिनेत्री श्रद्धा कपूरलाई अहिलेको समयमा देशमा भएको भोकमरीको चिन्ताले सताइरहेको छ । उनी अन्य अभिनेत्री जसरी बलिउडमा नम्बर वान्को कुर्सी हासिल गर्न लागि पर्नुको साटो देशमा भएको भोकमरीको समस्या खतम भएको हेर्न चाहन्छिन् । 'आशिकी २', 'एक भिलेन', 'ए बी सी डि-२' जस्ता फिल्मबाट फिल्म उद्योगमा आफ्नो भिन्न स्थान बनाउन सफल यी अभिनेत्रीलाई फिल्म आफ्नो पेशा भए तापनि फिल्ममा आफ्नो उचाई धेरैमाथि नभएको बताउँछिन् । उनी आफ्नो देशलाई भोकमरीबाट मुक्त बनाउन चाहन्छिन् । आफ्नो आगमी फिल्म ‘रक अन २’ को सिलसिलामा बीबीसीसँगको कुरामा फिल्म खेलेपछि विभिन्न अभिनेतासँग नाम जोडिने कुराले दुःख लाग्ने गुनासो पोखिन् । यसरी कोही पनि कलाकारसँग नाम जोडिनु भनेको कलाकारलाई अन्याय गरेको श्रद्धाले बताइन् । बारम्बार नाम जोडिदा घरमा आमाबाबुलाई पनि जवाफ दिनु पर्ने उनले बताइन् । उनले भनिन्, ‘हामी कलाकारको घरमा पनि माता पिता हुनुहुन्छ, उहाँहरुलाई पनि हामीले सिंगल छु फिल्ममा मात्र कलाकारसँग रोमान्स गरिरहेकी छु भनेर बताउनुपर्ने हुन्छ ।’

sraddha kapoor

विशेष