समाज

नवलपरासीका विभिन्न स्थानमा छठ मेलाको आयोजना

नवलपरासीका विभिन्न स्थानमा छठ मेलाको आयोजना

समाज/ छठ पर्व
कार्तिक - २१, नवलपरासी । छठ पर्वको अवसरमा नवलपरासीको विभिन्न ठाउँमा मेला लागेकाे छ । हिन्दु धर्मावलम्बीले मनाइँदै आएको छठ पर्व आजभोलि मुस्लिम समुदायको दिदिबहिनीले समेत मनाउँदै आएका छन् । विभिन्न जलाशय घाट झिलमिल बत्तीले सजाइएको छ । यो पर्वमा कोष्टी भगवतीको पुजा अर्चना गरी पुत्र पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।विशेष रुपमा तराई भेगमा श्रद्धा र भक्ती पुर्वक मनाइन्छ । सदरमुकामस्थित परासी बजार, त्रिबेणी धाम, गुठी परसौनीको वार्ड नम्बर १ र ५ नारायणी नदिको किनार ठाडी घाट, नर्सहीको ठोकर नम्बर १२, महेशपुर, हरपुर, सरावल, बसहिया, बर्दघाटे, बेलासपुर, बेलाटारी लगायतका ठाउँमा मेला लाग्ने गरेको बताइन्छ । परम्पराअनुसार छठको पहिलो दिन साझ अस्ताउँदो सुर्यलाई नजिकको जलासयमा उभिएर पुजा सहित अर्घ दिएपछि रातभर नदि तथा पोखरी तलाउ किनारमा बसी छठी मैँयाको भजन किर्तन गर्दै भोलि पल्ट सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई पुनः पुजापाठसहित अर्घ दिएपछि विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण सन्तान प्राप्त सुख शान्ति तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । छठ पर्वको महत्त्व दिन प्रति दिन बढदै गइरहेको छ ।  
रबिन्द्र यादव/नवलपरासी
 

chaith mela nawalparasi

विशेष