दिक्तेल–रेग्मीटार सडक सञ्चालनमा

कात्तिक २१ । वर्षाका कारण अवरुद्ध बनेको खोटाङको दिक्तेल–रेग्मीटार सडक पाँच महिनापछि सञ्चालन भएको छ । वर्षासँगै जेठदेखि अवरुद्ध बनेको सडकको हिउँद लागेपछि सञ्चालन भएको हो ।
दिक्तेल–गाइघाट सडक खण्डअन्तर्गत पर्ने यो सडक सञ्चालन भएसँगै गाइघाट जानका लागि छोटो बाटो खुलेको यातायात व्यवसायी संघले बताएको छ । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक पनि सञ्चालन भएको छ ।
वर्षाका कारण जेठदेखि अवरुद्ध ४६ किलोमिटर लामो सडक सामान्य मर्मतपछि सञ्चालनमा आएको हो । दिक्तेल–चखेवा सडक सञ्चालनमा आएसँगै खोटाङबाट भोजपुर जानकालागि सहज भएको संघले जनाएको छ ।
diktek
khotang
regmitar sadak sanchalan