स्वास्थ्य

यसकारण खुइलिन्छ तालु

यसकारण खुइलिन्छ तालु
उमेर ठूलो होस् या सानो, नव जवान युवालाई पनि तालु खुइलिने समस्याले सताइरहेको हुन्छ । धेरैले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग दाँज्ने गरेका छन् । तर, यो वास्तविकता भने होइन । विशेषगरि तालु २ प्रकारले खुइलिन्छ । एक सिकाट्रायसियल र अर्को नन सिकाट्रायसियल । सिकाट्रायसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था,कोठी, चोटपटक या क्यानसरका कारण तालु खुइलिने हुन्छ । त्यस्तैगरि नन सिकाट्रायसियलमा कहिले सानो भागमात्र खुइलिन्छ भने कहिले पूरै । टाउकोमा एउटा खुइरे भन्ने सानो भाग हुन्छ । त्यो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग या ढुसी संक्रमणका कारण देखिन्छ । पूरा भाग भने एलोपेसिया युनिभरसालिका कारण खुइलिने गर्छ । यसरी पूरा भाग खुइलिएपछि रौँका जरा पनि नष्ट हुन्छन् । यसको कारण कपाल पलाउन सक्दैनन् र तालु चिल्लो देखिन्छ । तर, नन सिकाट्रायसियल रोगमा राँैका जरा हुने भएकाले पूनः कपाल पलाउन सक्छ ।

khuiline karan talu

विशेष