Technology

उपत्यका लोडसेडिङ मुक्त हुने

उपत्यका लोडसेडिङ मुक्त हुने
कात्तिक – २१ । काठमाडौँ, भक्तपुर र ललितपुर उपत्यकामा नेपाल विद्युत् प्राधिकरणले परीक्षणको रुपमा लोडसेडिङ मुक्त गरेको छ । प्राधिकरणले तिहार सुरु भएसँगै चौबीसै घण्टा बिजुली आपूर्ति गर्दै उपत्यकालाई लोडसेडिङमुक्त गर्न थालेको हो । प्राधिकरणले विद्युत् आपुर्ति प्रणालीमा सुधार गरेर काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गर्न थालेको हो । यसरी काठमाडौंलाई लोडसेडिङ मुक्त गर्दा अन्य जिल्लाको विद्युत कटौती नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । व्यवस्थापन उच्चस्तरीय बनाउने, भारतबाट थप बिजुली आयात गर्ने र पिक आवरमा डिजेल प्लान्ट सञ्चालन गरेर काठमाडौँ उपत्यकालार्य लोडसेडिङमुक्त गर्ने योजना राखेको छ । काठमाडौं उपत्यकासहित काभ्रेको तीन शहरलाई पनि एकैपटक लोडसेडिङमुक्त शहर घोषणा गर्ने प्राधिकरणको योजना छ । विद्युत व्यवस्थापन गर्न अझै एक डेढ महिना लाग्ने बताइएको छ । त्यसपछि अन्य शहरहरुलाई पनि क्रमैसँग लोडसेडिङ मुक्त गर्दै लैजाने बताइएको छ ।

Bhaktapur kathmandu lalitpur loadsing mukta jilla hune valley

विशेष