खेल

च्यारिटी क्रिकेटमा नेपाली टिम पराजित

च्यारिटी क्रिकेटमा नेपाली टिम पराजित
कात्तिक – २१ । नेपाली सोसाइटी फर टेक्सस अमेरिकाको आयोजनामा अमेरिकामै भइरहेको ट्वान्टी–ट्वान्टी च्यारिटी क्रिकेटमा नेपाली राष्ट्रिय टोली सम्मिलित टिम गोर्खाली राइनोज १८ रनले पञ्जाव लायन्ससँग पराजित भएको छ । २० ओभरमा १ सय ७९ रनको लक्ष्य पाएको गोर्खाली राइनोजले ८ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेर ५ विकेटको क्षतिमा पञ्जाव लायन्सले १ सय ७८ रन बनाएको थियो । नेपालका पारस खड्काले ६७, सुवास खकुरेलले ५५ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । टु एक्स क्रिकेट युएस कप खेल्न राष्ट्रिय टिमका ८ जना खेलाडी अमेरिका पुगेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शरद भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी, सिद्धान्त लोहनीले नेपाली राइनोज क्रिकेट क्लबबाट खेल्नेछन् । खेल नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुनेछ । त्यसभन्दा पहिले च्यारिटी खेल भएको हो । प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ‘ए’मा राइनोजसहि एमएसमएम इङ्ल्यान्ड, युएइ फाल्कोन्स र एनजी समरसेट छन् । त्यस्तै समूह बीमा पाकिस्तान फस्ट क्रिकेट क्लब, स्मार्ट च्वाइस, अन्डरडग्स र हस्टन स्पार्क समूह ‘बी’मा छन् ।

America chyariti cricket

विशेष