समाज

धरानमा आगलागी, २० लाखको क्षति

धरानमा आगलागी, २० लाखको क्षति
कात्तिक २१ । विद्युत सर्ट भई आगलागी हुँदा आइतबार बिहान धरान–२२ साउनेका रणबहादुर श्रेष्ठको काठको दुई तले घर जलेर नष्ट भएको छ । आगलागीले घर नस्ट हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको श्रेष्ठले बताए । बिहानको लागि खाना पकाउन विद्युत प्लगमा राइस कुकुरको तार जोडेको केहीबेरमा विद्युत सर्ट भएर एक्कासी आगलागी भएको उनले बताए । स्थानीयवासी, इलाका प्रहरी, वडा प्रहरी र देउराली प्रहरी र धरान उपमहानगरपालिका कार्यालयबाट गएको दमकलले २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो बिहान ८ बजेदेखि लाग्न सुरु भएको बताइएको छ । श्रेष्ठका अनुसार गाईबस्तुका लागि घाँसपातको जोहो गर्न सबै परिवार घरबाहिर रहेको अवस्थामा आगलागी हुँदा काठको दुईतले घर र पछिल्तिर रहेको दुईतले ग्वालीसमेत जलेर पूर्ण नष्ट भएको छ । आगालागिमा परी करिब ४ हजार रुपैयाँ बराबरको कुखुरा जलेका थिए । आगलागीबाट श्रेष्ठको घरमा रहेको लत्ताकपडा, अन्नबाली पूर्णरुपमा क्षति पुगेको अस्थायी प्रहरी चौकी देउरालीले जनाएको छ । टीनको छाना रहेको घरमा राखिएको श्रेष्ठको तीनतोला सुन भने फेला परेको प्रहरीले जनाएको छ ।

aglagi Dharan

विशेष