मनोरञ्जन

ऐश्वर्याको ‘ए दिल हे मुश्किल’ बच्चन परिवारले किन हेरेन ?

ऐश्वर्याको ‘ए दिल हे मुश्किल’ बच्चन परिवारले किन हेरेन ?
कात्तिक–२१ । अघिल्लो शुक्रबार रिलीज भएको ऐश्वर्या राय बच्चन अभिनित चलचित्र ‘ए दिल हे मुश्किल’ बच्चनका परिवारले हेरेका छैनन् । विश्वभरबाट आइतबार सम्ममा १ सय ८५ करोड कमाई सक्दा पनि एश्वर्याका पति बलिउड अभिनेता अभिषेक बच्चनले चलचित्र नहेर्दा दर्शकहरु आश्चर्यमा परेका छन् । चलचित्रमा ऐश्वर्या र अभिषेकको रोमान्सको कारण बच्चन परिवार खुशी नरहेको र यही कारण अभिषेक नगएको टिप्पणी भइरहेको छ । यसै बिचमा अभिषेकले भने चलचित्र नहेर्नुको रहस्य बताएका छन् । अभिषेकले एक कार्यक्रममा भने,'दुर्भाग्यवश मैले अहिले सम्म चलचित्र ‘ए दिल हे मुुश्किल’ हेरेको छैन । अहिले म आफ्नो फुटबल टिमसँग ट्राभल गरिरहेको छु । आउदो साता म चलचित्र हेर्नेछु । मैले चलचित्र निर्माण हुदै गर्दा यसको केहि भाग हेरेको थिए । मलाई लाग्छ चलचित्र शानदार छ । म करण जोहर र उनका पुरै टीमसँग धेरै खुशी छु । म उनिहरुलाई सफलताको शुभकामा दिन चाहान्छु ।' चलचित्रमा ऐश्वर्या र रणबीर कपूरको बोल्ड सिनलाई लिएर सासु जया बच्चनले अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै ’अहिलेको चलचित्रमा इज्जत र लाज भन्ने चीज कहि रहेन ।’ भनेकी थिइन् । अमिताभ बच्चनले पनि अहिले सम्म चलचित्र नहेरेको भारतिय सञ्चारमाध्यममा चर्चा रहेको छ । चलचित्र हेरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्ने अमिताभले अहिले सम्म चलचित्रको विषयमा कुनै टिप्पणी नगर्नुलाई उनले चलचित्र नहेरेको रुपमा अर्थाइएको छ । –एजेन्सीको सहयोगमा

abhishek bachhan aishwarya rai amitabh bachhan

विशेष