समाज

फेसबुकमा यात्रा गर्दा मोबाइल हातमा

फेसबुकमा यात्रा गर्दा मोबाइल हातमा
कात्तिक–२१ । चाडपर्वलाई लक्षित गर्दै मेची तथा कनकाई यातायात संघद्धारा सञ्चालित फेसबुक डिलक्समा यात्रा गर्ने यात्रुले मोबाइल हात परेका छन् । फेसबुकमा चढेकै भरमा एक व्यक्तिले १६ हजार रुपैयाँ पर्ने र अन्य तीनजनाले १२ हजार, ८ हजार र ४ हजार पर्ने एक–एक थान मोबाइल सेट हात पारे । त्यस्तै पाँच जनाले ७ सय पर्ने ५ वटा भित्ते घडी हात पारे । बिर्तामोड–ताप्लेजुङ, दमक–ताप्लेजुङ, धरान–ताप्लेजुङमा सञ्चालित फेसबुक डिलक्समा चढ्ने यात्रुले ती उपहार लक्की ड्रमार्फत हात पारेका हुन् । मेची तथा कनकाई यातायात संघद्वारा सञ्चालित डिलक्स फेसबुक नामक उपहार कार्यक्रममा यात्रा गर्ने पाँच हजार यात्रुमध्ये उनीहरुले बिहीबार ती उपहार हात पारेका हुन् । बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा आयोजित कार्यक्रमकाबीच गरिएको उपहार सार्वजनिकीकरण कार्यक्रममा पहिलो पुरस्कार कुवीरमान लिम्बूले हात पारे । त्यस्तै दोस्रो पुरस्कार शान्तिराम पौडेल, तेस्रो टिका लिम्बूृ र चौथो पुरस्कार मनोज गिरीले हात पारेका छन् । त्यसैगरी पाँच वटा सान्त्वना पुरस्कार अनिल बराल, राजन, इन्द्रबहादुर, मनोज दाहाल र विष्णु थापाले हात पारेका छन् ।

deluxe bus Facebook facebook deluxe

विशेष