इतिहासमा आज

वैज्ञानिक म्याडम क्युरीको जन्म

वैज्ञानिक म्याडम क्युरीको जन्म

madam-qury म्याडम क्युरीको जन्म ७ नोभेम्बर १८६७ मा पोल्यान्डको राजधानी वार्सामा भएको थियो । यिनको बाल्यकालको नाम मारिया सालोमिया स्कोलोडोवस्का थियो । यी दस वर्ष पुग्दा यिनकी आमाको क्षयरोगले मृत्यु भयो । उनकी एउटी दिदीको पनि अल्पायुमै मृत्यु भएको थियो । उनि, उनकी एउटी दिदी र दाइ तीनैजनाले बिद्यालयमा उत्क्रिस्ठ स्थान प्राप्त गरेका थिए । उनीकी दिदी र दाइ दुवै स्थापित योग्य चिकित्सक भए ।

म्याडम क्युरीले बाल्यकालमा शिक्षाको राम्रो अवसर पाएकी थिइन् । यिनका आमाबाबु अध्यापक भएका कारणले पनि हुनसक्छ पढाइप्रति यिनको ठूलो रूचि थियो। अध्ययनलाई नै आफ्नो ध्येय मान्ने म्याडम क्युरीलाई हाइस्कुल तहको परीक्षामा असाधारण योग्यता प्रदर्शन गरेवापत स्वर्णपदकद्वारा सम्मान गरिएको थियो। हाइस्कुलपछिको अध्ययनलाई निरन्तरता दिन उनले पोल्यान्डलाई छाड्नुपर्यो । त्यसताका पोल्यान्डमा महिलाहरूलाई उच्च शिक्षाको अवसर कमै थियो । आफ्नो उच्च शिक्षा अध्ययन गर्ने धोकोलाई पूरा गर्न यिनी फ्रान्स गइन् । पेरिस विश्वविद्यालयमा भर्ना भई विग्याको स्नातकोत्तर परीक्षामा प्रथम स्थान हासिल गरिन् । उनले सन् १८९३ मा भौतिकशास्त्रमा र १८९४ मा गणितमा स्नातकोत्तरको डिग्री लिएकी थिइन् ।

विश्वविद्यालयको अध्ययनसमाप्तिपछि यिनको भेट प्रसिद्ध वैज्ञानिक पियरे क्युरीसंग भयो । यिनीहरूका बीच गहिरो मित्रता कायम भयो। यही प्रगाढ मित्रता क्रमशः वैवाहिक सम्बन्धमा परिवर्तन भयो । पियरे क्युरीसंग वैवाहिक सम्बन्ध गाँसिएपछि उनी म्याडम क्युरीको नामले चिनिएकी थिइन् ।

उनी विज्ञानका प्रयोगशालाबाट नयाँनयाँ कुराको आविष्कार गर्न तल्लीन रहन्थिन्। यिनी सन् १९११ मा रसायन विज्ञानमा योगदान पुर्याएबापत नोबेल पुरस्कारबाट सम्मानित भएकी थिइन् । पतिको बग्गी दुर्घटनामा परी म्रित्यु भए पश्चात यिनी ठूलो आपतमा परिन् । जस्तोसुकै पीडा खप्नु परे पनि यिनले पेरिसमा “क्युरी इन्स्टिच्युट अफ रेडियम“ नाम गरेको संस्था खोलिन् । यिनले विज्ञान क्षेत्रमा गरेको अमूल्य योगदानको कदर स्वरूप रेडियोधर्मी एकाइको नाम क्युरी राखिएको छ । यस्तै एउटा तत्वको नाम क्युरीयम राखिएको छ ।

म्याडम क्युरी साह्रै दयालु स्वाभावकी थिइन् । यिनले प्रथम विश्व युद्धमा घाइतेहरूको ठूलो सेवा गरिन् । यिनको जीवन मानवकल्याणका लागि समर्पित थियो । समाजसेवा र विज्ञानमा अहोरात्र गर्नुपर्ने अनुसन्धान एवम् रेडियोधर्मी पदार्थसंगको अविरल निकटताले गर्दा यिनका आखाँलाई ठूलो असर पर्यो । रेडियो विकिरणले गर्दा क्यान्सर रोग लाग्यो । अन्तत ६ जुलाई १९३४ को दिन विज्ञान जगतकी साधिका क्युरीको जीवनलीला समाप्त भयो ।

Madam Qurry

विशेष