मनोरञ्जन

390564-aishwarya7

एजेन्सी — ऐश्वर्या राय अभिनित फिल्म ‘ए दिल है मुस्किल’ को ट्रेलर सार्वजनिक पछि दर्शकहरुले जति उनको ग्लामरस अभिनयलाई रुचाए बच्चन परिवारले त्यति रुचाएनन् । छोरी हुर्काएपछि पुनः फिल्ममा सक्रिय रहँदै आएकी ऐश्वर्याले फिल्ममा दिएको बोल्ड दृश्यले बच्चन परिवारलाई झस्कायो ।

फिल्ममा पूनः सक्रियता देखाउँदै आएकी एश्वर्याले पछिल्लो समय उनी अभिनित फिल्म ए दिल है मुश्किलमा दिएका बोल्ड दृश्यलाई हटाउन बच्चन परिवारले निर्देशक करण जोहरलाई निकै दबाब दिए । तर यो दबाबले एश्वर्या र निर्देशक जोहर दुबैलाई डगमगाएन । त्यसो त निर्देशक जोहरले पहिला नै फिल्ममा एश्वर्याको कुनै ‘किस सिन’ नभएको बताएका थिए ।

फिल्म रिलिज पछि भने ऐश्वर्याले आफ्नो अपेरियन्स र अभिनयबाट दर्शकहरको ठूलै चर्चा बटुलिन् । फिल्म रिलिजसम्म यसबारे मुख नखोलेका एश्वर्याका पति अभिनेता अभिषेक बच्चनले बल्ल मुख खालेका छन् ।

अभिषेकले अहिलेसम्म फिल्म हेर्न नपाएपनि फिल्मको पोस्ट प्रोडक्सनमा केही फुटेज हेरेको आधारमा ऐश्वर्या फिल्ममा स्टनिङ देखिएको बताएका छन् । आफ्नी पत्नीले ए दिल है मुस्किलमा गरेको कामको आधारमा उनीप्रति निकै नै गौरवान्वित रहेको अभिषेकले बताए । आफ्नो फुटबल टिमसँगको लगातारको भ्रमणका कारण आफूले फिल्म हेर्न नपाएको कुरा अभिषेकले खुलाए । उनले करण जोहरको टिमप्रति आफू निकै खुसी भएको कुरा खुलाएका छन् ।

विशेष