Technology

टेलिकमकाे एकिकृत ग्राहक सेवा केन्द्र सञ्चालनमा

टेलिकमकाे एकिकृत ग्राहक सेवा केन्द्र सञ्चालनमा
कात्तिक - २२ । नेपालको दुरसञ्चार सेवा प्रदायक कम्पनी दूरसञ्चार कम्पनी (टेलिकम)ले एकिकृत ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिकमले सुन्धारामा एकीकृत सेवा केन्द सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यो प्रणालीबाट फरक फरक सेवाको बिल एउटै काउन्टरबाट देशका जुनसुकै साखाबाट तिर्न सकिनेछ । यो केन्द्रबाट ग्राहकले जीएसएम, सीडीएमए, एडीएसएललगायतका सम्पूर्ण सेवाको बिल तिर्न सक्नेछन् । कम्पनीले बिलिङ सेवालाई ‘कन्र्भजेन्ट रियल टाइम बिलिङ’ र ‘कस्टमर सर्पोट सिस्टम’को पनि स्तरोन्नति गरेको जनाएको छ । एउटै कम्पनीका फरक सेवा प्रयोग गरिरहेका उपभोक्ता यस सुविधाका लक्षित ग्राहक हुन् । देशभरका कार्यलयमा यो सेवा सञ्चालन गर्ने तयारी टेलिकमको छ ।

Nepal Telecom

विशेष